काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा सरकारी कोषमा झण्डै एक खर्ब रुपैयाँ नगद मौज्दात बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको असोज मसान्तसम्ममा नगद मौज्दात ९९ अर्ब ५३ करोड रुपैयाँले बढेर १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा सरकारी कोषमा यस्तो नगद मौज्दात जम्मा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्र रहेको थियो ।यद्यपि, यो संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको विभिन्न बैंक तथा वित्तीय कोषमा रहेको सञ्चित रकम हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व बढेसँगै यता वित्तीय व्यय कम आउँदा नगद मौज्दात बढ्न गएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहरी विकास मन्त्रालयको वित्तीय प्रगति : चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो
चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब, खर्च ४ खर्ब १५ अर्ब
तीन महिनामा ६ अर्बको खाद्यान्न आयात