काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो ।
अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । ‘धेरै नेताहरु प्रभावित स्थानमा खटिनु भएको छ । राहत, उद्धार र औषधी व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता लागिरहनुभएको छ, सहमहामन्त्री बुर्लाकोटीले अनलाइनखबरसँग भने ।
महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलको बैठक बस्दै
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत
मधेसमा ‘लू’को खतरा, गृह मन्त्रालयले गर्यो यस्तो परिपत्र
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त