जनकपुर । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आवमा कूल रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियोजन गरेकोमा रु २४ अर्ब ५९ करोड ३३ लाख ७६ हजार आठ सय ३९ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रदेश सरकारले चालुतर्फ रु १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार र पुँजीगततर्फ भने रु २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार विनियोजन गरेको थियो । जसमध्ये चालुतर्फ सरकारले कूल बजेटको ५० दशमलव १५ प्रतिशत अर्थात् रु नौ अर्ब २९ करोड ६९ लाख २२ हजार सात सय ४० र पुँजीगततर्फ ५९ दशमलव ८१ प्रतिशत अर्थात १५ अर्ब २९ करोड ६४ लाख ५४ हजार ९८ खर्च भएको सो कार्यालयले जनाएको छ ।
सरकारले गत आवको तुलनामा यस वर्ष एक दशमलव ६६ प्रतिशत कम बजेट खर्च गरेको हो । गत आवमा सरकारले रु ४७ अर्ब दुई करोड ४१ लाख ५२ हजार एक सय १७ बजेटमध्ये रु २७ अर्ब २४ लाख १२ हजार आठ सय ८५ अर्थात् ५७ दशमलव ४१ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ असार २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दलको बैठक बस्दै
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेसमा ‘लू’को खतरा, गृह मन्त्रालयले गर्यो यस्तो परिपत्र
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त