काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी गरेका छन् । मोर्चा गठनका लागि गठित कार्यदलको बैठक आज बस्दै छ ।
कार्यदलको पहिलो बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्दै छ ।
बैठकमा मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डा तयबारे छलफल हुनेछ ।
मधेस केन्द्रित मुद्दामा एकजुट हुने मार्चामा मोटामोटी यसअघि नै सहमति भइसकेको छ ।
बैठकमा जनता समाजवादी पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनप्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बैठकमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत
मधेसमा ‘लू’को खतरा, गृह मन्त्रालयले गर्यो यस्तो परिपत्र
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.साह नियुक्त