जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । शुक्रबार मध्यरात कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले दुःख व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री यादवले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो दुःखद घडीमा मधेस प्रदेश सरकार पीडितहरूको साथमा रहेको बताए ।
भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन नेपाल सरकारसमक्ष उनले आग्रहसमेत गरेका छन् ।
उनले मधेस प्रदेश सरकारले भूकम्प पीडितलाई सहयोग गर्न छिट्टै सर्वदलीय बैठक बस्ने बताए । सो बैठकबाट निर्णय गरेर जाजरकोटको भूकम्प पीडितलाई राहतको व्यवस्था गर्ने मुख्यमन्त्री यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने
जमुनी सिँचाइ आयोजना अनुगमनमा मुख्यमन्त्री यादव
विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल