विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १४ : ५०
विश्वासको मत लिनका लागि मधेसका मुख्यमन्त्रीले थाले छलफल

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा)नेपाल मधेस प्रदेशका संसदीय दलको बैठक बोलाएर छलफल गरेका हुन् ।

छलफलमा यादवले विश्वासको मत लिनका लागि रणनीति ढङ्गबाट अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि सबै प्रदेशसभा सदस्यहरू लाग्नुपर्ने धारणा राखेका थिए।नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।

मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअसिस यादवले विश्वासको मतका लागि जसपा नेपालले कांग्रेस र लोसपासँग छलफल गरिरहेको बताए । यद्यपि विश्वासको मत कहिले लिने भन्ने निश्चित भइनसकेको उनको भनाइ छ ।

जेठ २८ गतेदेखि जनकपुरमा हुने पार्टीको महाधिवेशनको बारेमा पनि संसदीय दलको बैठकमा छलफल भएको बताउँदै उनले जेठ १० गतेभित्र महाधिवेशन प्रतिनिधिको चयन गरिसक्नुपर्ने र त्यसमा सबै जना लाग्नुपर्ने बताए ।

बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा पनि छलफल भएको उनले जानकारी दिए ।