एजेन्सी । छिमेकी मुलुक युक्रेनसँगको युद्धमा होमिएको रुसको केन्द्रीय बैङ्कले १५ प्रतिशतले ब्याजदर बढाएको छ । समाचार संस्था बीबीसीका अनुसार रुसमा बढ्दो बजार महँगीलाई नियन्त्रणको लक्ष्यसहित केन्द्रीय बैङ्कले ब्याजदर बढाएको हो ।
रुसमा यतिबेला सरकारको प्रक्षेपणभन्दा अधिक मात्रामा बजार महँगी बढिरहेको छ । रुस सरकारले बजार महँगी २ प्रतिशत आसपासमा रहने प्रक्षेपण गरे पनि तोकिएको सीमाभन्दा धेरैले महँगी बढेको छ । सेप्टेम्बर महिनामा रुसमा बजार महँगी ६ प्रतिशतभन्दा धेरैले बढेको थियो ।
रुसको केन्द्रीय बैंक ‘द बैंक अफ रुसिया’ ले एकैपटक ७.५ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । ब्याजदर वृद्धि गर्नुको मुख्य लक्ष्य भनेको आन्तरिक बजारको मूल्यवृद्धिलाई नियन्त्रण गर्दै रुबललाई बलियो बनाउनु रहेको बताइएको छ । ब्याजदर वृद्धिसँगै आन्तरिक बजारमा खपत घटाउँछ ।
जसले दीर्घकालमा रुसको महँगीलाई नियन्त्रण गर्न मद्दत पुर्याउने अर्थविद्हरूको विश्लेषण छ । यसबाहेक, छिमेकी युक्रेनसँगको युद्धमा फसेपछि निरन्तर डलरसँग कमजोर बनिरहेको रुबललाई समेत बलियो बनाउने लक्ष्य केन्द्रीय बैङ्कको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
युक्रेनको क्रुस्क क्षेत्रमा थप १२ गाउँ कब्जा गरेको रुसको दाबी
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता