रियाद, साउदी अरब । वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको दूत अन्त्यका लागि जोड दिइरहेका छन् । र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।
दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ ।द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रुसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।
रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो ।
“हामीले ऊर्जालगायत महत्त्वपूर्ण बुँदालाई सम्बोधन गर्यौँ,” छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ।”
ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग बताए, “मलाई लाग्छ सुरूमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालवाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ आकर्षित हुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नुहुनेछ ।”
‘केवल शुरुआत’
क्रेमलिनले आइतबार द्रूत समाधानको अपेक्षालाई कम महत्व दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी टेलिभिजनसँग भने, “हामी यो बाटोको सुरुआतमा मात्र छौँ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले हक्कानीमाथि तोकिएको इनाम हटायो
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
ट्रम्पको अमेरिकामा अब ग्रीनकार्डधारीहरू पनि असुरक्षित
युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्ध विरामको सहमति
अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो