काठमाडौं। रुसको सेनाले पछिल्लो समय युक्रेननियन्त्रित क्रुस्क क्षेत्रको १२ गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै १ सय वर्गकिलोमिटर भन्दा बढी भू-भाग युक्रेनी सेनाबाट मुक्त गरिएको बताएको हो ।
रक्षा मन्त्रालयका अनुसार रुसले क्रुस्क क्षेत्रमा एग्रोनोम, बोगदानोभका, बोन्डारेभका, दिमित्रीयुकोभ, जाजुलेभका, इभाशकोभस्की, कोल्माकोभ, कुबात्किन, मार्टिनोभका, मिखाइलोभका, प्रभदा र युझ्नी गाउँहरू कब्जा गरेको हो ।
रुसी सेना उत्तर, पूर्व र दक्षिणपूर्वबाट सुड्झा शहरतर्फ अगाडि बढिरहेको रसिया टुडेले जनाएको छ । गत हप्तादेखि क्रुस्क क्षेत्रमा युक्रेनी सेनाको अवस्था कमजोर बन्दै गएको बताइएको छ । सैन्य आपूर्ति मार्ग कटौती भएपछि फौज लजिस्टिक समस्याले ग्रस्त भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले युक्रेनमा पूर्ण आक्रमण शुरू भएपछि क्रुस्क क्षेत्रमा मात्र भएको युद्धमा झन्डै ६६ हजार युक्रेनी सैनिक मारिएको दाबी गरेको छ ।
यससँगै, झण्डै ४०० ट्याङ्क, ३०० भन्दा बढी पैदल सेना, सवारी साधन, २७२ बख्तरबन्द कर्मचारी वाहक र २००० भन्दा बढी अन्य बख्तरबन्द सवारी साधन ध्वस्त पारिएको वा कब्जा गरिएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । आक्रमणपछि रुसको नियन्त्रणमा गएको क्रुस्क क्षेत्रलाई गत अगस्तमा युक्रेनी सेनाले पुनः नियन्त्रणमा लिएको थियो ।
यता, साउदी अरबको जेद्दामा अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलबीच भएको वार्तामा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न सहमत भएको खबर बाहिरिएको छ ।
रुस भने यस मामिलामा केही बोलेको छैन । अमेरिकामा राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनी रुस-युक्रेनबीचको युद्ध समाप्त गर्न पहल गर्दै आइरहेका छन् ।
शान्तिका लागि पहल चलिरहेका बेला दुवै पक्ष एक अर्काविरुद्ध थप आक्रामक भएका हुन् । केही दिन अगाडि युक्रेनले मस्कोमा ठूलो ड्रोन आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता
अनुमतिविना युक्रेन आउने विदेशी शान्ति सेनालाई आक्रमण गर्ने रुसको चेतावनी
अजरबैजानको विमान दुर्घटनामा रुसले माफी माग्यो
बिद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
रुस र युक्रेनद्वारा एकअर्काविरुद्ध अहिलेसम्मकै घातक ड्रोन आक्रमण