काठमाडौ । नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ ।
मतदानपछि संयुक्त राष्ट्रसंघको महासभाले युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ ।
प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन् । नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा रहेका भारतीयलाई स्वदेश फर्काउन पुटिन सहमत
रुस-युक्रेन युद्धमा प्रभावित नेपालीको उद्धार गर : आयोग
युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिएको बीबीसीको दाबी
रुस-युक्रेन युद्धको दुई वर्ष पूरा