काठमाडौँ । नेकपा (एमाले) मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् । मण्डललाई पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले अघि सारेका थिए।
उपाध्यक्षमा पर्साका विचारी यादव छानिएका छन्। उनी संविधान सभा सदस्य हुन्। उनी पहिला माधवकुमार नेपाल समूहमा थिए। उनलाई पार्टी सचिव तथा कोशी इन्चार्ज रघुवीर महासेठले अघि सारेको बताएको छ।
सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्। उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्। भण्डारी यसअघि पनि उपसचिव नै थिइन्।
एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुङ्गो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ। मधेस प्रदेश अधिवेशन बुधवारबाट जनकपुरमा सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेताहरुको भूमिगत अनुभव समेटिएको पुस्तक सेल्टर सार्वजनिक
एमाले विराटनगरको अध्यक्षमा बलराम गिरी विजयी
काँग्रेस नेताहरूको असन्तुष्टिबारे संयन्त्रमै छलफल गर्दा राम्रो हुन्छ’: नेकपा एमाले
वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन
एमालेको सचिवालय बैठक बस्ने
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल