सुर्खेत । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । सनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि दुई बजेसम्म पनि मतदान प्रक्रिया सुरु हुन सकिरहेको छैन ।
अहिलेसम्म उम्मेदवारको समेत अन्तिम नामावली प्रकाशन भएको छैन । बिहान ८ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेपनि अहिलेसम्म कार्यतालिका नै प्रकाशन हुन नसकेको हो ।
यहि अवस्था हो भने अधिवेशनको समय अझै लम्बिने देखिएको छ । नेतृत्वका लागि अहिलेसम्म पाँच जनामध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् भने गुलावजंग शाह, प्रकाश रोकाया र मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।नेता, कार्यकर्ताहरु भने सिटीहल बाहिर बसिरहेका छन् । निर्वाचन आयोगले यो विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क बनिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी