काठमाडौँ । गृह सचिव दिनेश भट्टराईले आन्दोलनलाई सर्वसाधारण लक्षित नबनाउन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरूमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरू आन्दोलनरत छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरूको मागमा सरकार गम्भीर रहेको बताए ।
चिकित्सकहरू सडकमा आएको ६/८ घण्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको भन्दै उनले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने प्रतिबद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु ।’
गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको भन्दै उनले अघि भने, ‘स्वास्थ्यकर्मीहरूलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दीर्घकालीन नीतिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित
पाँच महिनादेखि चिकित्सक बेपत्ता
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबिच सम्झौता