स्मिताले ल्याइन् ‘आमा’ गीत (भिडिओ)

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, १३ : ३१
स्मिताले ल्याइन् ‘आमा’ गीत (भिडिओ)

काठमाडौँ । गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत 'आमा' सार्वजनिक गरिएको छ। आइतबार स्मिता दाहालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतले आमाको माया, संघर्ष र समर्पणलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ।

गीतमा शब्द र संगीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन्। गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन्।

भिडिओमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथै बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति देख्न सकिन्छ। भिडिओको छायांकन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीले सम्हालेका छन्।

 

प्रतिक्रिया दिनुहोस