गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ: अमरेश सिंह

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, १३ : ४४
गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच छ: अमरेश सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् । केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरेका छन् । उनले भने, ‘काँग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेड रुममा छ । कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेड रुममा छ । अहिलेसम्म काँग्रेसले उसलाई हटाउन सकेको छैन । किनकि नेपाली काँग्रेसलाई संविधान, नियम र कानूनको पालना गर्न आउँदैन ।’

उनले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी पनि चलिरहेको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस