'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०८२, १३ : २१
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेसँग भएको सहमति अनुसार चल्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । उद्योग व्यापार विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारमा बस्नको लागि सरकार बनाएर नहुने बताए ।

उनले भने, ‘अहिलेजस्तो काम गरेर हामीलाई अब हुँदैन । अब सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम आएको छैन । त्यहाँ हात हाल्न छाडिदिए हुन्छ । काँग्रेस अहिले एमालेसँग मिलेर सरकारमा छौँ । हामी तलमाथि गर्दैनौँ । तर यो समयको हामी प्रयोग गर्न चाहन्छौँ । सरकार भएपछि सरकारमा बस्नको लागि मात्रै बनाएर हुँदैन । सरकारले काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । हामी त्यो रिजल्टमा काम गर्न चाहन्छौँ ।’

उनले सरकारले नागरिकमा देखिएको बेचैनीलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस