धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष परिवर्तन गरेको छ । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मोहन देव विष्टलाई हटाएर प्रदेश सरकारले अनुपकुमार उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
उपाध्याय नेपाल सरकारका पूर्व सिँचाइ ऊर्जा सचिव हुन् । उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उपाध्यायलाई योगको अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सपथ ग्रहण गराएका हुन् ।
उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै