काठमाडौं। विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने भएको छ।गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरूसँगको छलफलपछि महासंघले वार्ता टोली बनाउन लागेको हो ।
महासंघको आन्दोलन परिचालन समितिको बैठक बसेर वार्ता समिति बनाउन लागेको महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘हामी आन्तरिक गृहकार्यमा छौं, अहिलेसम्म सरकारसँग औपचारिक वार्ता भएको छैन । अनौपचारिक कुरा मात्र भएको छ’ सुवेदीले भने ।
वार्ता शुरू हुनअघि शिक्षकहरूले विरोध प्रदर्शनलाई आज पनि जारी राखेका छन् । १७ बुँदे मागसहित शिक्षकहरू बुधबारदेखि आन्दोलनमा छन् । शिक्षकको आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा शुक्रबार पनि सवारी आवागमन ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
कार्यवाहक प्रधानमन्त्रीसहितको सरकारी टोलीले बोलाएको वार्तामा गएन शिक्षक महासंघ
शिक्षक महासंघको महाधिवेशन आजदेखि