काठमाडौ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले ५० जना नर्स नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।
हाललाई ५० जना र रिक्त रहेको दरबन्द्यीमा नियमअनुसार पदपूर्ति पनि गरिने संस्थानको सूचनामा उल्लेख छ ।
संस्थान अन्तरगतका विभिन्न शिक्षण अस्पताल तथा
केन्द्रहरुमा स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेदवारले थप जानकारी लिन परीक्षा महाशाखाको वेबसाइट हेर्न सक्नेछन् भने आवेदन दिने अन्तिम मिति असोज ५ गतेसम्म तोकिएको छ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बताइएको छ भने परीक्षा असोज १३ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड
बागमती प्रदेशमा ४ सय ५७ नर्सका लागि जागिर खुल्यो