काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका गर्दै दबाबलाई परास्त गरेर उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् । मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ’, केसीले विज्ञप्तिमा भनेका छन् ।
मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको भन्दै केसीले त्यस्तो शोषण कार्यलाई रोक्न र शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । ‘देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसी भनेका छन् ।
सरकारले गत वैशाखमा ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश गत २० असारदेखि निष्क्रिय भएको छ । सरकारले समयमा नै प्रतिष्थापन विधेयक संसदबाट पारित नगर्दा मिटरब्याजसम्बन्धी अध्यादेशले गरेका व्यवस्था शून्यमा गएको छ ।
राष्ट्रिय जनमोर्चाले बाढी पहिरो र डुबानबाट जनधनको क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असार २०८०, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?
संसदीय समितिले सहकारी ठगलाई नै जोगाउँछ : चित्रबहादुर केसी
वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ : चित्रबहादुर केसी
संसदीय छानबिन समिति माछो माछो भ्यागुतो हुन सक्छ : चित्रबहादुर केसी
सहकारी ठगी गरेकालाई जोगाउन सत्तापक्षले षड्यन्त्र गर्यो : चित्रबहादुर केसी