काठमाडौं । रुसले व्याग्नर लडाकू समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाकू समूह व्याग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो ।
जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गरेको रुसी रक्षा मन्त्रालयले सबै लडाकूको सुरक्षाको प्रत्याभूति गर्ने प्रतिवद्धता पनि जनाएको छ । रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले व्याग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सेनालाई विद्रोहका लागि उक्साएको आरोपमा फौजदारी मुद्दा दायर गरिएको पनि जनाएको छ ।
वाग्नर समूहले रुसको दक्षिणी सहर रोस्तोव र वोरोनिश शहर कब्जा गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ । रूसी समाचार संस्था तासका अनुसार पछिल्लो घटनापछि मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरका गतिविधिले सैन्य संरचनामा नै संकट उत्पन्न गरेको छ । व्याग्नर भाडाका सैनिकहरूको समूह हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १० असार २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
युक्रेनको क्रुस्क क्षेत्रमा थप १२ गाउँ कब्जा गरेको रुसको दाबी
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता