काठमाडौँ । सांसद रामहरि खतिवडाले ओखलढुंगाको चम्पादेवी–८ विलन्दुमा गएको पहिरो पीडितहरुलाई राहत र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले बिलन्दुमा गएको पहिरोका बारण गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै धेरै खेतबारी नष्ट हुनुका साथै पशु चौपायसमेत बगाएको बताए ।
‘हिजो राति अविरल बर्षाका कारण ओखलढुंगाको चम्पादेवी ८ विलन्दुस्थित थामखर्कडाँडामा पहिरो जाँदा एकै घरका रणबहादुर गुरुङ, शिवमाया गुरुङ, छोरा दिनेश गुरुङ र छोरी कृतिमा गुरुङको मृत्यु भएको छ’, सांसद खतिवडाले भने, ‘त्यहाँ धेरै खेतवारी नष्ट भएको र गाईवस्तु बगाएको छ । गाउँ नै विस्थापित हुन लागेकोलाई बसोबासको व्यवस्था गर्न म सरकारसँग आग्रह गर्छु ।’
त्यस्तै उनले डोजरे विकासका कारण पहाडी जिल्लाहरु लखनपुर जस्ता बनेको भन्दै यस्ता अव्यवस्थित कामले बाढी पहिरोको प्रकोप बढेको बताए । उनले विस्थापितहरुलाई पुनर्स्थापना र राहतको अविलम्ब व्यवस्था गर्न सभामुखमार्फत गृहमन्त्रीको ध्यनाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग
संसद्मा उठ्यो उपसभामुखले अमेरिकी दूतावासलाई गरेको पत्राचारको विषय
बजेट स्थानीय तह केन्द्रित हुन सकेन: सांसद खतिवडा
रामहरि खतिवडाले प्रश्न उठाएपछि संसद्को कार्यसूचीबाट हटाइयो छलफलको एउटा प्रस्ताव