मस्को । रुसले बेलारुसमा रणनीतिक आणविक हतियारको पहिलो समूह राखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैँले यसका बारेमा जानकारी दिएका छन् । उनका अनुसार रुसको भू-भाग वा राज्यलाई धम्की दिएमा मात्र सो आणविक हतियार प्रयोग गरिने बताए।
उनले एक सार्वजनिक मञ्चमार्फत आणबिक हतियार बेलारुसमा पुर्याईएको जानकारी दिएका थिए । बेलारुस एक प्रमुख रुसी सहयोगी हो ।सो क्रममा राष्ट्रपति पुटिनले सामरिक आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन् ।
सेन्ट पीटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरममा भाषण पछि प्रश्नहरूको जवाफ दिँदै रसियाका राष्ट्रपतिले भने, ‘ यो कदम नियन्त्रणको बारेमा थियो र हामीलाई रणनीतिक पराजय गर्ने सोच्नेले यसको सम्झना गरुन भनेर देखाईएको हो ।’
फोरमका मध्यस्थकर्ताले ती हतियारहरू प्रयोग गर्ने सम्भावनाको कतिको छ भनेर पुटिनलाई सोधेका थिए । जवाफमा उनले भने, ‘हामीले सारा संसारलाई किन धम्की दिने ? मैले पहिले नै भनेको छु कि रूसी राज्यको लागि खतरा भएको अवस्थामा मात्र यसको प्रयोग गर्न सम्भव छ, त्यो अघि कुनै प्रयोग गरिने छैन । हामी विश्वमा शान्ति र अमन चयन कायम राख्न चाहान्छौं, रुसको यो कदम विश्व शान्ति स्थापनाका लागि सन्देश पनि हो ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ असार २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
युक्रेनको क्रुस्क क्षेत्रमा थप १२ गाउँ कब्जा गरेको रुसको दाबी
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता