काठमाडौं।चालु आर्थिक वर्षको नौ महिनामा नौ खर्ब रुपैयाँ बढी विप्रेषण भित्रिएको छ । साउनयता नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकका अनुसार जुन अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।
यस्तै सोही अवधिमा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको हो।विभागका अनुसार प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो
चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब, खर्च ४ खर्ब १५ अर्ब
तीन महिनामा ६ अर्बको खाद्यान्न आयात
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
बागमती सरकारले असारमा खर्चियो १३ अर्ब रुपैयाँ