चितवन । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।
आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन ।
आज सर्वदलीय बैठक बोलाईएर सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।
सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।
सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना सुरू
बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने
इलाम- २ को मतगणना ११ बजेदेखि हुने
इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
इलाम- २ मा मतगणनाको तयारी, केहीबेरमा शुरु हुदै