इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, ०७ : ४९
इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

इलाम। इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने समय तय हुने जानकारी दिए ।

बैठक बिहान ७ बजेनै बस्ने तय भएपनि ढिलाइ भइरहेको हो । 

शनिबार सम्पन्न उपनिर्वाचनमा इलाम २ मा १९ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस