काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रीत गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन। बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुग्नुभएका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रीत गतिविधिहरु बढेको बताए ।
उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे।देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताउनु हुँदै अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे।
उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए ।अध्यक्ष लिङदेनले आफू सरकारमा रहँदा आगामी वर्षको रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनहित विपरीतका ऐन, कानुनहरू निर्माण भए संसद् छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङदेन
राप्रपा अध्यक्ष लिङ्देनद्वारा ८९ औँ पटक रक्तदान