हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते