चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए। लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए। “आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ”, उनले भने, “सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा. कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ : शेखर कोइराला
कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् : शेखर कोइराला
कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ : शेखर कोइराला