युक्रेन । बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन् ।
किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अपेक्षा गरेको छ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् । टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन् ।
भग्नावशेषमुनि कुचिएको एक बासिन्दाको शव फेला परेपछि, उद्धारकर्ताहरूले पीडितलाई स्ट्रेचरमा लगेका बताइएको छ ।अग्निनियन्त्रकहरुले भत्किएको भवनको संरचनामा आफ्नो बाटोमा काम गरेका जनाइएको छ ।
धेरै मानिसहरू फसेका विश्वास गरिएको हुनाले प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू यस उद्धारकार्यमा संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन् ।
आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएको ७१ बर्षीय एक वासिन्दाले मैले पहिले सीटी सुनें र त्यसपछि सबै वरिपरि उड्न थाल्यो, भन्नु भएको छ ।‘शान्तिप्रिय मानिसहरू मरे र भग्नावशेषमुनि छन्’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रकेट प्रहारपछि लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ माघ २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
युक्रेनको क्रुस्क क्षेत्रमा थप १२ गाउँ कब्जा गरेको रुसको दाबी
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता