काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् । उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने भएका हुन् ।
मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्ने र मनपरी गर्न खोज्नेको त्यो दिनको तलब काटिने बताए । सुशासनलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई प्राथमिकता दिन पनि भनिएको जानकारी दिए ।
यस्तै श्रेष्ठले गुनासो सुन्न महिनाको एक दिन समय छुट्ट्याइएको जानकारी दिँदै त्यसमा आफू सहभागी भएर सबै समस्याहरुको सभाधान खोज्न पहल गर्ने बताए
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकासे मन्त्रालय भएकाले यससँग जोडिएका कामहरुलाई प्रभावकारी ढंगले अघि बढाइने पनि श्रेष्ठले प्रतिबद्धता जनाए ।
यसैबीच मन्त्रालयसँग सम्बन्धित फाइल कहाँ गएर अड्कियो भनेर डिजिटलरुपमा हेर्ने व्यवस्था पनि मिलाइएको छ । आफूले पाएको मन्त्रालयको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने श्रेष्ठको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीजी मन्त्र जपे जसरी भारत भ्रमणमा जाँदैछु, जाँदैछु भन्दै हुनुहुन्छ : नारायणकाजी श्रेष्ठ
संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ : नारायणकाजी श्रेष्ठ
अहिलेसम्म कुनै सरकारले नगरेको सुशासनको काम हाम्रो सरकारले गर्यो : नारायणकाजी श्रेष्ठ
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
भूराजनीतिले प्रभाव बढ्दैछ, हामी कसैको हस्तक्षेप स्वीर्कादैनौं: नारायणकाजी श्रेष्ठ
संविधान संशोधन गर्न हामी सहयोग गर्छौं : नारायणकाजी श्रेष्ठ