काठमाडौं। प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् ।
आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ
सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ