काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ ।
राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।
यता पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पार्टी कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा छन् । सरकारलाई समर्थनको निरन्तरताका लागि पनि राप्रपाले कम्तीमा ३ वटा सर्त राख्नु उपयुक्त हुने उनको माग छ । जसमा पुस २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस घोषणा गर्ने, संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा सङ्कलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्ने र जनताको चाहाना अनुरूप निर्णय गर्ने र च्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्ने रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिङ्देनले लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा राप्रपा बैठकमा आलोचना
राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट
राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, केन्द्रीय समिति बैठक भोलिदेखि
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान समारोह (तस्बिरमा )