काठमाडौँ । सांसद सूर्यबहादुर थापाले भारतीय नागरिकलाई भन्सार एजेन्टको रूपमा राखेका कारण बेथिति सिर्जना भएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
‘भारतीय नागरिकलाई भन्सार व्यवस्थापनको जिम्मा दिइएको छ,’ उनले भने, ‘जसलाई दिएको हो त्यो उपस्थित नभएर अर्कोलाई दिइएको छ ।
साथै उनले भन्सार हुँदै दैनिक उपभोग्य वस्तु आयात नभएको तर खुलेआम अवैध आयात भएको समेत बताए । यसैगरी भारतले दशगजा क्षेत्रमा भारतले सीमा मिचेको तर सुरक्षक निकायले सुरक्षा नदिएको बताए ।
‘दशगजा अहिले दशगजा रहेको छैन । कहीँ पाँच गजा कहीँ सात गजा देखियो,’ उनले भने, ‘दशगजा नेपालले बनाएको पुलसम्म मिच्दै ल्याएको छ । पुलको बिचमा दशगजा हो भनेको अवस्था छ ।
नेपाली भूमिमा भारतले पिप्रोन पुल निर्माण गर्न दिइएको छैन । यसमा सुरक्षा निकाय जिम्मेवार हुन पर्दैन ?’ यसैगरी जनकपुरको पिप्रोन पुल निर्माण गर्न नदिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १३ : ४४
लेखकबाट थप