काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले अध्यादेशबारे संसद् बैठकमै पुगेर निर्णय लिने बताएका छन् । राष्ट्रियसभाबाट अध्यादेश पारित गर्न सत्तापक्षलाई सकस पर्ने देखिएपछि नेता गौतम अध्यादेशको पक्षमा उभिन्छन् कि विपक्षमा भन्ने बहस भइरहेका बेला गौतमले अहिले नै गोपनीयता नखोल्ने प्रतिक्रिया दिएका हुन् ।
‘संसद् बैठकमै पुगेपछि निर्णय, गर्छु अहिले गोपनीयता खोल्दिनँ’, गौतमले भने, ‘भोट हाल्ने ठाउँमा जान्छौ अनि निर्णय गर्छौ अहिले सबै खोतल्न नखोज्नुस ।
गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपा गरी २७ सांसद छन् । जबकि अध्यादेश स्वीकृत गर्न बहुमतका लागि ३० जना सांसद आवश्यक पर्छ ।
यस्तोमा मनोनित अञ्जान शाक्यले अध्यादेशको पक्षमा मत हाल्ने निश्चित नै छ । शाक्यको मत जोड्दा २८ पुग्छ । त्यसबाहेक अझै दुई सांसद सत्तापक्षलाई चाहिन्छ ।
त्यसका लागि सत्ता पक्षले ३ सांसद रहेको जसपालाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । तर उसले निर्णय लिइसकेको छैन । यस्तो अवस्थामा सत्तापक्षलाई गौतमको समेत साथ चाहिन सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
वामदेवले फर्काए ओलीलाई जवाफ
शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने संकल्प गरौं : वामदेव गौतम
देश विकासका लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गरौँ : वामदेव गौतम