काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।
हिजोदेखि काठमाडौंको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक आजसम्म जारी रहने भएको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र र धवलशमशेरलाई रिहा गर्न राप्रपाको २४ घण्टे अल्टिमेटम
राप्रपाको कार्यसम्पादन समितिको बैठक सुरु
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
राप्रपा र राप्रपा नेपालको नेता अब दुर्गा प्रसाईं !
कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको प्रदर्शन
राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दै