चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।
थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
सरकारी वकिल कार्यालयको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरू बारा जिल्लाबाट शम्भु कुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति लामिछाने कास्की अदालत जाँदै
रवि लामिछाने तारिखका लागि काठमाडौं अदालतमा उपस्थित
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
चितवनमा रवि लामिछानेको थुनछेक बहस, ६ सय प्रहरी फिल्डमा खटियो
रविलाई आज फेरि अदालतमा उपस्थित गराइने