काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरु निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरु औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् ।
गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलहरुले संसदीय दलको नेता चयन गरिसकेका छन् भने बिहीबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण गरिएको थियो ।
सरकार गठनका लागि दलहरु घनिभूत छलफलमा छन् । विशेषगरी बहुमत जुटाउनुपर्ने भएकाले सत्तारुढ गठबन्धनबाट सरकार बन्ने देखिन्छ । गठबन्धनले बनाउन नसके आफू पहल गर्नेमा एमालेको तयारी छ ।
तर, सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति जुटिनसक्दा एमाले नेता गोकुल बाँस्कोटाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक रुपमा भनेका छन् ।
बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् । बाँस्कोटाको उक्त धारणालाई कतिपयले ओलीकै धारणाको रुपमा हेरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिन बाँस्कोटाले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याखें दाउमै रमाउने देखिँदै छ । विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नुपर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो । अस्थीरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस । शुभकामना ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ : प्रचण्ड
रविमाथि सरकारले पूर्वाग्रह साँधेको भन्ने जनतामा परेकै छ : प्रचण्ड
सरकार मध्यावधिमा जाने लाइनमा छ : प्रचण्ड
माघे सक्रान्ति पर्वले सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ : प्रचण्ड
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
तेह्रथुमका दुई सहिद पार्कको उद्घाटन प्रचण्डले गर्ने