काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ ।संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए।
कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिले केही दिनभित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने गुप्ताले बताए ।
कांग्रेसमा संसदीय दलका नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्री आकाङ्क्षी छन् ।
यस्तै, बैठकले मधेस प्रदेश सरकार गठनका लागि पार्टीको केन्द्रीय नेतृत्व र अन्य दलहरुसँग समन्वय गर्न प्रदेश सभापति यादवलाई जिम्मेवारी दिने निर्णय गरेको प्रचारप्रसार प्रमुख गुप्ताले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै
जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय बन्यो: देउवा
भोलिको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई काँग्रेसको निर्देशन
सरकारमा हुँदा गरेका कामलाई पुस्तकमा उतार्दै काँग्रेस
चुनावमा बहुमत ल्याउने परिस्थिति छैन, बढी सिट जित्ने तयारीमा लागौं : देउवा
देशभरका कांग्रेस क्षेत्रीय सभापतिको प्रशिक्षण भैरहवामा सुरु हुँदै