दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १४ : १२
दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको फ्रान्चाइजी टीम दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । दिल्ली क्यापिटल्सले शुक्रबार उनलाई टीमको क्याप्टेन घोषणा गरेको हो ।

टीमको कप्तानी सुम्पिएपछि पटेलले खुसी व्यक्त गरेका छन् । 'मलाई सबैले समर्थन गरेका छन् । मलाई यो देख्दा राम्रो लाग्छ,' उनले भने, 'मैले पाएको भूमिकालाई लिएर म उत्साहित छु ।

यसैबीच दिल्ली क्यापिटल्सका अध्यक्ष किरण कुमार गान्धीले पनि पटेललाई कप्तान नियुक्त गर्न पाउँदा खुसी लागेको बताए । 'हामी अक्षर पटेललाई दिल्ली क्यापिटल्सको कप्तान नियुक्त गर्न पाउँदा धेरै खुसी छौं, उनले भनेका छन्, 'उनी २०१९ देखि क्यापिटल्स परिवारको एक हिस्सा हुन्।

दुई सिजन टोलीको उपकप्तान भइसकेका छन् । अब उनले टोलीको नेतृत्व गर्नेछन् । यो नयाँ भूमिकाका लागि म उहाँलाई शुभकामना दिन्छु।

 

 

 

 

 

अक्षरलाई कोचिङ स्टाफ र अनुभवी नेतृत्वबाट पूर्ण सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरेका छन् ।पटेल सन् २०१९ मा यो टिमको हिस्सा बनेका थिए । उनले दिल्ली क्यापिटल्सबाट ८२ खेल खेलेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस