काठमाडौँ । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो ।
सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसदको चालू अधिवेशनबाटै विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनले शिक्षाप्रतिको उदासीनताका कारण मुलुकको विकास हुन नसकेको जिकिर गरे । शिक्षाको विकासमा सरकारको कुनै ध्यान जान नसकेको उनको भनाइ छ । उनले आफूहरूको माग पुरा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिए ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौँमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।
अव सरकारसँग कुनै वार्ता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनका लागि दबाब दिने अध्यक्ष सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- रमिता बढी भयो, अब स्कूल फर्किनुस्
१६औँ दिनपनि शिक्षक आन्दोलन जारी
शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित
नयाँ बानेश्वरमा शिक्षकहरूले दिए धर्ना
शिक्षकहरूको सडक प्रदर्शन आज पनि जारी
शिक्षकका माग सम्बोधन गर्न गगन थापाले दिए २ विकल्प