काठमाडौँ । नेपाली काँग्रेसले विसं २०१५ सालदेखि नै अहिलेसम्म सरकारमा हुँदा गरेका कामहरूको समेटेर पुस्तक सार्वजनिक गर्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले विगतमा काँग्रेस नेतृत्वको सरकारले गरेका कार्यलाई पुस्तकका रूपमा सार्वजनिक गर्ने तयारी गरिहरेको सोमबार जानकारी गराए ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले काँग्रेसले विगतमा गरेका कार्यहरू जनतालाई जानकारी गराउन पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको बताए ।
विसं २०१५ र २०४८ सालमा काँग्रेस नेतृत्वमा भएका कार्यहरू पनि पुस्तकमा समावेश हुने खड्काले जानकारी गराए । सबै अभिलेख खोजी गरेर पुस्तकको तयारी भएको उनको भनाइ छ ।
‘प्रतिष्ठानले पुस्तकको तयारीको काम अघि बढाएको छ । हामीले गरेका कामहरूलाई गाउँ गाउँमा बस्ती बस्तीमा पुर्याउँछौँ,’ खड्काले भने । काँग्रेसले गरेका परिवर्तनका कामहरू सबै सामू पुग्नुपर्ने खड्काले बताए ।
प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणको क्रममा भैरहवामा बोल्दै खड्काले समस्या समाधान काँग्रेसले गर्न सक्ने भरोसा दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी