काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा. सन्तोष पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार सम्मेलनले उपाध्यक्षमा डा. रणजितकुमार झा, डा. नवीन पोखरेल र डा. रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको महासचिवमा डा. पुष्पमणि खराल, कोषाध्यक्षमा डा. सुनिल गजुरेल, सचिवमा डा. मिलन गैरे, डा. छवि पन्थी र डा. क्रिष्टिना श्रेष्ठ रहेका छन् ।
सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ । केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ । यस्तै, प्रदेश १ मा डा. प्रमोद बराल, मधेसमा डा. महेश महासेठ, वाग्मती प्रदेशमा डा. जगदीश थापा, गण्डकी प्रदेशमा डा. डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा. सागर न्यौपाने, कर्णाली प्रदेशमा डा. कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा. निरज अर्याल र काठमाडौं उपत्यकामा डा. कालुसिंह खत्रीलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष डा. गौतमले चिकित्सकको हकहित र सङ्गठन विस्तारको काम गर्ने बताए । अहिले सङ्घका वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभर नौवटा शाखा रहेको छ ।
सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने गौतमले बताए । सङ्घमा देशभर ५०० चिकित्सक आवद्ध रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असोज २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरआवासीय नेपाली चिकित्सकले मातृदेशमा अभ्यास गर्न पाउने
चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित
पाँच महिनादेखि चिकित्सक बेपत्ता
दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबिच सम्झौता