काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ ।
आइतबार प्रि–ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ ५९ पैसा बराबरको ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ३ हजार नाघ्यो
मौद्रिक नीतिको समीक्षापछि लगातार घट्दै नेप्से, सातामा ५६ अङ्कले घट्यो