दाङ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङ डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार(पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन। बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए।
‘वडाअध्यक्षमार्फत् हामीकहाँ घटनाको बारेमा जानकारी आयो। हामीले प्रहरीलाई त्यस तर्फ पठाएका छौँ’, डिएसपी गौतमले भने, ‘प्रहरी घटनास्थलबाट फर्किएपछि थप विवरण आउँछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
माडीमा चट्याङ लागेर महिलाको मृत्यु
माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु
माछा मारिरहेका २ जनालाई लाग्यो चट्याङ
सल्यानमा चट्याङ लागेर शिक्षकको मृत्यु
दैलेखमा चट्याङ लागेर चार जना घाइते