सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, ०९ : ०४
सीटीईभीटीले २५०० भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिँदै, आवेदन खुल्यो

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । 

परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि-डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरेको छ । 

प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस