काठमाडाैँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिएका छन्।
काठमाडौँमा बुधबार केन्द्रीय पार्टी स्कुल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिएका हुन्।
शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न जाेड दिए।
आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्नुपर्ने अध्यक्ष नेपालकाे भनाइ छ। अभिमुखीकरण कार्यक्रम भाेलिसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल