देशको आर्थिक र रणनीतिक विकासमा पर्यटनको महत्वपूर्ण भूमिका : प्रचण्ड

आइतबार, २० जेठ २०७५, १८ : ०१
देशको आर्थिक र रणनीतिक विकासमा पर्यटनको महत्वपूर्ण भूमिका : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अार्थिक र रणनीतिक विकासमा पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

अाइतबार कास्कीको घान्द्रुकमा ‘अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव’को समापन समारोहलार्इ सम्बोधन गर्दै प्रचण्डले भने- “कास्की जिल्ला र समग्र देशकै पर्यटन क्षेत्रको रणनीतिक विकासका लागि भूमिका खेल्ने र फेवा तालको संरक्षण र विकासमा मैले विशेष ध्यान दिने छु ।”

आइतबार बिहान अन्नपूर्ण बेस  क्याम्प पुगेर अध्यक्ष प्रचण्डले अन्नपूर्ण म्याराथनको उद्घाटन गरेका थिए। उनले भने- “एक वर्षअगाडि पनि अन्नपूर्ण बसे क्याम्प जानका लागि पुगेको भएपनि हेलिकोप्टर ल्याण्ड गर्न नसकेर फर्किएको थिएँ ।”

अध्यक्ष प्रचण्डले थपे, “अाज पनि साथीहरुले अन्नपूर्ण म्याराथनको उद्घाटनको लागि मिलाएका थिए, त्यसतर्फ जान बिहान साढे चार बजे नै तयार भएपनि प्रतिकूल मौसमका कारण उद्घाटन समारोहमा पुग्न नसकेपनि अन्नपूर्ण बेस क्याम्पमा चाहिँ पुग्न पाएँ ।”

जेठ १७ गतेदेखि सुरु भएको उक्त महोत्सवको उद्देश्य विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन एवं यस क्षेत्रको विकास रहेको छ।

प्रतिक्रिया दिनुहोस