सरकार वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागेको सिपी गजुरेलको आरोप

आइतबार, २० जेठ २०७५, १७ : ३२
सरकार वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागेको सिपी गजुरेलको आरोप

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले सरकार वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागि परेको गम्भिर आरोप लगाउनु भएको छ । मोर्चाका संयोजक सिपी गजुरेलले सरकारको पछिल्लो गतिविधि वैधानिक निरंकुशता ल्याउने दिशामा केन्द्रित रहेको दावी गर्नु भएको हो ।

आईतबार काठमाडौंमा संचारकर्मीहरु सगको अन्तरक्रियामा उहाँले धर्ना, जुलुस गर्न नपाउने खालको कानुन ल्याउने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सडकमा निस्कनै नपाउने जस्ता कडाई गरेर सरकारले निरंकुशता लाद्ने गतिविधिलाई पुष्टि गर्ने आधार भएको दृष्टान्त समेत पेश गर्नु भयो । संयोजक गजुरेलले सरकारले संसदमा दुई तिहाई बढि मत बनाएर मुलुकमा सामाजिक फासीवादी चरित्र देखाउन खोजिरहेको गम्भिर आरोप पनि लगाउनु भयो ।
मोर्चाले कम्युनिष्ट एकताको नाममा मुलुकलाई निरंकुशतातर्फ धकेल्ने प्रयास गरिए प्रतिवाद गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस