बाम घोषणा पत्र हावादारी सावित भयो :गगन थापा

आइतबार, २० जेठ २०७५, १५ : २०

फाईल फोटो

चितवन । नेपाली कांग्रेसका सांसद गगन थापाले वाम घोषणा पत्र हावादारी भएको टिप्पणी गरेका छन् । यो बजेट घोषणाभन्दा विल्कुल फरक, नीति तथा कार्यक्रमभन्दा सम्हालिएको र सुधारको संकेत गरेकाले सन्तोष मानेको पाइएको छ’ उनले भने । धरायलीय यथार्थप्रति सावधान भएर बजेटको आकार निर्धारण गरेकाले पनि सन्तोष मानेको उनको विश्लेषण छ ।
बजेटमा चार मुख्य कमजोरी औल्याएका छन् । बजेटले आफूलाई निराश बनाएको भन्दै उनले बजेट चार ‘स’मा चुकेको थापाले औल्याए ।

पहिलोः स्पष्टता । संविधान कार्यान्वयन संघीयताको कार्यान्वयनसँग जोडिएको भन्दै उनले भने, संघीयता कार्यन्वयनमा यो बजेटसँग अपेक्षा थियो विस्तृत दृष्टिकोणको, मार्गदर्शनको, रणनीतिको । तर, बजेट पूर्ण रुपमा चुकेको छ ।’ बजेटले वित्त व्यवस्थापनलाई आत्मसाथ गर्न नसकेको उनको आरोप छ ।

दोस्रोः समृद्धिको प्रयत्नमा स्पष्टताको अभाव । २०१५ र २०४८ मा जस्तै अहिले मार्गदर्शनको अपेक्षा गरोस् र बाषिर्क केही कार्यक्रमको किटानी होस् भन्ने अपेक्षा भएपनि बजेटले त्यसलाई पुरा गर्न नसकेको कांग्रेस सांसद थापाले बताए ।

अर्थमन्त्रीले पूर्वाधारलाई जोड दिएपनि कार्यक्रम छरिएकाले परीणाम दिन नसक्ने उनको दाबी गरे । दक्षिण कोरियाले विदेशी सहायता नपाउँदा पनि एक्सप्रेस हाइवे बनाएको उदारहण दिँदै उनले बजेटमा त्यस्तै केही अपेक्षा गरिएको बताए ।

लगानीको वातावरण पनि बनाउन नसकेको उनको दाबी छ । एक वर्ष्भित्र नेपाललाई लगानीको गन्तव्य बनाउन सकिने भएपनि ठोस कार्यक्रम नआएको उनले बताए ।

पूर्वाधारका हिसावले कमजोर र कर उच्च भएको भन्दै भने, ‘त्यसमाथि पनि नेपालभित्रको छलफल र बहसलाई र्हेयो भने पुँजी भनेकै नकारात्मक कुरा हो । नाफा कमाउनु भनेको अवराध हो । व्यवसाय गर्नु भनेको पाप हो भन्ने राजनीतिक मनोविज्ञान हावी भएको ठाउँमा कोही पनि मान्छे लगानी गर्न पाउँदैन ।’

तेस्रोः साहास । निर्वाचन क्षेत्र पूर्वधार कोषलाई नयाँ शीर्षक दिएर ल्याउन आवश्यक नभएको उनको दाबी छ । तर, यो संघीयताको मर्म विपरित भएपनि अर्थमन्त्रीले हटाउन साहस गर्न नएकेको उनले बताए । सांसद थापाले भने, मन्त्रीसँग पनि साहस गर्नु भएन । मन्त्रालयले दिएको अनावश्यक कार्यक्रम काट्न सक्नु भएन ।’ ऋण लिएर भएपनि कतिपय पूर्वाधारका कार्यक्रम सम्पन्न गर्छु भन्ने साहस पनि अर्थमन्त्रीले गर्न नसकेको उनले बताए ।

चौथोः सृजनशीलता । राजश्वको लक्ष्य ठूलो रहेको भन्दै सांसद थापाले कर बढाउनु स्वभाविक भएको बताए । अर्थमन्त्रीले करको दायरा बढाउनुको साटो दर बढाउने बाटो रोजेको उनको दाबी छ । विद्युतीय कारोबारको प्रयोग गरेर सकिने भन्दै उनले मेक्सिकोको सारी कार्यक्रमको उदारहण प्रस्तुत गरे । उनकाअनुसार व्यवसाय दर्ता गर्न ३० दिन लाग्नेलाई मेक्सिकोमा त्यसलाई एक दिनमा झार्दा २६ प्रतिशत व्यवसायी दर्ता भएको थियो ।

बजेटलाई संगतिपूर्ण बनाउन पनि अर्थमन्त्री चुकेको भन्दै सांसद कांग्रेस गगन थापाले भने, इतिहासले दिएको अनुकुल समय छ । उत्कृष्ट पार्टी सरकारमा छ । उत्कृष्ट व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ । नेपालको कम्युनिष्टहरुसँग भएको उत्कृष्ट व्यक्ति अर्थमन्त्री हुनुहुनछ । तपाईलाई हाम्रो पूर्ण सहयोग रहन्छ ।’

अघि भने, ‘यति मात्र आग्रह गर्छु । अहिले तपाईले दाबी गर्न पाउनुहुन्छ । तर, एक वर्षपछि पास हो कि फेल भन्ने तपाई आफूले भन्ने होइन । यो पटक परीक्षा जनताले लिने हो । रिपोर्ट कार्ड हामीले पेश गर्ने हो । रिपोर्ट कार्डको प्रतिक्षा गर्नुहोला ।’
 

प्रतिक्रिया दिनुहोस